विराटनगर । कोशीको मुख्यन्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कटुवाललाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका छन् ।
उनलाई सोमबार उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताए ।
सुनसरीको वराहक्षेत्र नगरपालिका ३ का अधिवक्ता कटुवाल कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् ।
पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्यन्यायाधिवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङ्समक्ष गत असार २२ गते राजीनामा दिएका थिए ।

Leave a Reply