दलको बैठकमा कांग्रेस सांसदको टिप्पणी- गृहमन्त्रीले छोरी कुटेर बुहारी तर्साएझैँ हामीलाई तर्साउँदैछन्

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठेको छ ।

पार्टीको संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद रामहरि खतिवडाले गृहमन्त्रीले छोरी कुटेर बुहारी तर्साउन खोजेको आरोप लगाए ।

उनले भने, ‘अहिले गृहमन्त्रीको पारा भएन। हामी पनि सरकारमै छौं। तर पनि हामीलाई तर्साउन खोज्दैछन् ।’

सुन प्रकरणमा आवाज रोक्नका लागि पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेको दाबी गरे।

उनले भने, ‘उहाँले पहिला कुरा सुनेर पक्राउ गर्नुपर्ने तर, उहाँले बोली बन्द गराउन थुन्न लाग्नुभयो ।’

सुशासनको कुरा गर्ने माओवादी लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्हारक्याल लामा नियुक्तिको विषयमा पनि प्रश्न उठाए ।

मायादेवी मन्दिर पुनः निर्माणका लागि ७ करोड दान दिने भनिएको पैसा कहाँबाट आयो भन्दै छानबिन गर्नुपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *