सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतकाे आदेश

काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। न्यायाधीशले  थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्। जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन्।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले  बिहीबार पक्राउ गरेकाे थियाे । नक्कली प्रमाणपत्र प्रकरणमा  पक्राउ परेका शर्मा बाहेक अन्य  पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *