जापानलाई पराजित गर्दै स्वीडेन पुग्यो महिला विश्वकप फुटबलको सेमिफाइनलमा

मेलबर्न। पूर्व विजेता जापानलाई हराउँदै स्वीडेन जारी महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

शुक्रबार भएको क्वाटरफाइनलमा स्वीडेनले जापानलाई २-१ गोलले हरायो। खेलमा २-० गोलले पछाडि परेको अवस्थामा जापानले पेनाल्टी मिस गरेको थियो भने अन्तिम समयमा एक गोल फर्काएको थियो।

जापान बाहिरिएसँगै महिला विश्वकपले अब नयाँ विजेता पाउने भएको छ। यसअघि साविक विजेता अमेरिका, उपविजेता नेदरल्यान्ड्सलगायत टोली बाहिरिसकेका छन्।

महिला विश्वकपको इतिहासमा अमेरिकाले चारपटक, जर्मनीले २ पटक तथा जापान र नर्वेले एक एकपटक उपाधि जितेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *