एमाले सांसद पन्त भन्छन्- सत्तापक्षले संसद चल्न नदिएपछि हामीले जनताको एजेण्डा राख्न पाएनाैं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले सत्तापक्ष संसदीय मर्यादा विपरित चलेको आरोप लगाएका छन्।

प्रतिनिधि सभामा बैठकमा सभामुखले प्रमुख प्रतिपक्षी दललाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएपछि संसदीय इतिहासमा विरलै घटना देखेको बताए।

उनले भने, ‘यो अगाडि र आजपनि संसद चल्न नदिने कुरामा सत्तापक्ष अगाडि बढेको देखियो। सत्तापक्षको भूमिका खेदजनक छ।’

आफ्नो पार्टीले जनताको एजेण्डामा सरकारलाई ध्यानाकर्षण गराउँन लागेको बेलामा सत्तापक्षले बोल्नै नदिएर होहल्ला गरेको उनको भनाइ छ। सरकारको कारणले सदनमा जनताको बिषय उठाउन नपाएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *