साविक उपविजेता नेदरल्यान्ड्सलाई हराउँदै स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा

मेलबर्न। जारी महिला विश्वकप फुटबलमा स्पेन सेमिफाइनल पुगेको छ। शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई २-१ गोलले हराएको हो।

स्पेनको जितमा साल्मा पाराल्लुएलोले निर्णायक गोल गरिन्। अतिरिक्त समयमा पुगेको खेलमा उनले एक सय ११ औँ मिनेटमा गोल गरेकी थिइन्। त्यसअघि दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै नेदरल्यान्ड्सले खेल बराबरीमा ल्याएको थियो।

स्पेनिस टोलीका मारियना काल्डेनटेले ८१ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर स्टेफानी भान डर ग्राटले अन्तिम समयमा खेल बराबरीमा ल्याएकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *