काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउ परेकोबारे जानकारी लिइरहेको बताएको छ ।
संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले किन पक्राउ गरिएको हो भन्ने जानकारी लिइरहेको बताए ।
उनले भने, ‘केका लागि किन पक्राउ गरेका भन्ने थाहा लागेपछि धारणा सार्वजनिक गछौं।’
उनले सभामुख र सिआइबीबाट जानकारी लिएपछि आधिकारी धारणा बनाउने बताए ।

Leave a Reply