प्रधानमन्त्रीको भ्रमणअघि चीन लागे देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन प्रस्थान गरेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणअघि महासचिव गुरुङ चिन लागेका हुन्।

दिउँसो तिब्बत एयरको उडानबाट चीन प्रस्थान गरेका महासचिव गुरुङ करिब एक साता रहेन बताएका छन्। प्रधानमन्त्री प्रचण्ड आगामी असोजको पहिलो साता चिन भ्रमणमा जाने तयारी गरिरहेका छन्।

पछिल्लो समय माओवादी केन्द्रका नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा गइरहेका छन्। उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको भ्रमणपछि पार्टी तहको तेस्रो ठूलो भ्रमण हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *