ढुवानी व्यवसायीलाई भ्याटमा अनिवार्य दर्ता गर्न आन्तरिक राजस्व विभागको ताकेता

काठमाडौं । आन्तरिक राजस्व विभागले ढुवानी सेवा गर्ने करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट)मा अनिवार्य दर्ता हुन निर्देशन दिएको छ ।

आर्थिक ऐन २०८० अनुसार ढुवानी साधनको भाडा तथा ढुवानी सेवामा भ्याट लाग्ने व्यवस्था छ । ढुवानी सेवा प्रदायकले सेवा प्रदान गर्दाको बखत वस्तु तथा सेवाको बिजक अनिवार्य रुपमा साथमा राख्नुपर्दछ ।

ढुवानी साधनको साथमा वस्तु तथा सेवाको बिजक नरहने गरेको गुनासाहरु आइरहेको भन्दै विभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुबाट खटिई आउने टोलीले कानूनको परिपालना भएको नपाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने हुँदा भ्याट लाग्ने कारोबारको सीमा नाघेका व्यक्तिले समयमै मूल्य अभिवृद्धि करमा दर्ता भएर कानूनबमोजिम कारोबार सञ्चालन गर्न विभागले सचेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *