काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित औद्योगिक क्षेत्रको शीत भण्डार निर्माणमा भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिव राजेन्द्रप्रसाद भारीसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका तत्कालीन सचिव भारीसहित सम्बन्धित व्यक्तिहरु उपर ९२ लाख ४३ हजार बिगो दाबीसहित मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ ।




Leave a Reply