सदन खुलाउने विषयमा सभामुखसहित तीन दलका शीर्ष नेताहरुको बैठकमा कुरा मिलेन, भोलि पुनः बस्ने

काठमाडौं । सदनको अवरोध हटाउन बसेको सभामुखसहितको तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन टुंगिएको छ । सिंहदरबारमा बसेको दोस्रो चरणको बैठकमा पनि सहमति बन्न नसकेको हो ।

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद अवरोध गरेपछि सभामुखले सदन सुचारु गर्ने पहल गरेको थिए । आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठक निष्कर्षमा पुग्न नसकेपछि भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बस्ने सहमति भएको छ । आज बोलाइएको बैठक सहमति नभएपछि भोलि दिउँसो ३ बजेका लागि राखिएको छ ।

बैठकमा सभामुखले सहमतिको विकल्प नभएको बताए ।

सभामुखले भने, ‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपद् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु । म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु । यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन ।’

 

 

Comments

One response to “सदन खुलाउने विषयमा सभामुखसहित तीन दलका शीर्ष नेताहरुको बैठकमा कुरा मिलेन, भोलि पुनः बस्ने”

  1. ऋषि राम अधिकारि Avatar
    ऋषि राम अधिकारि

    साम्सद मा आफ्नो कुरा राख्नु पर्दैन अरु पार्टीको होइन नारायण काजी लाई गर्न देउन नगरे भन,यही एमाले हो आफ्नो कार्यकाल मा जति भ्रष्टाचार कहिल्याइ भएको थिएन ट्रान्सपरेन्सी ले बताइ सको

Leave a Reply

Your email address will not be published. Required fields are marked *