लुम्बिनी सरकारले आज सय दिनका उपलब्धि सार्वजनिक गर्दै

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले सरकार गठन भएको सय दिन पुगेको अवसरमा यो बीचका उपलब्धि सार्वजनिक गर्ने भएको छ ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले आइतबार दिउँसो साढे २ बजे देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरेर सय दिनका उपलब्धि सार्वजनिक गर्ने जनाएका छन् ।

वैशाख १४ गते प्रदेश सभामा रहेका १० मध्ये ८ दलको सहभागितामा कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बनेका थिए ।

८७ सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, नेकपा एस, जनमोर्चा र स्वतन्त्र सांसद गरी ५३ जनाको समर्थन रहेको छ । नेकपा एमालेका २९ र राप्रपाका ४ सांसद प्रतिपक्षमा छन् ।

मुख्यमन्त्री चौधरीले गठबन्धन र खास गरी पार्टीभित्रको विवाद मिलाउन नसकेका कारण अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । अहिलेसम्म ७ जनाको मन्त्रिपरिषद् रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *