भारतबाट १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले चामल अभाव हुन नदिन भारतबाट धान र चामल आयात गर्ने भएको छ । सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ । चामलको आयात कहिले र कसरी गर्ने निर्णय भन्ने निर्णय मन्त्रालयले गर्ने जनाएको छ ।

उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले छलफल गरेर १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको वाणिज्य आपूर्ति तथा आपूर्ति संरक्षण विभागका महानिर्देशक गजेन्द्र प्रसाद ठाकुरले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

भारतले चामल निर्यातमा रोक लगाएपछि अहिले बजारमा चामलको मूल्यमा अचाक्ली वृद्धि भएको छ ।

केही दिनअघि मात्र मुख्य सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा पनि सचवि अर्यालले देशमा उपलब्ध गोदाममा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्था गर्न समेत निर्देशन दिएका थिए ।भारतले बासमती बाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागू हुनेगरी रोक लगाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *