ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट सन्न्यास, पत्रकार सम्मेलनमा भक्कानिए (भिडिओ)

काठमाडौं । क्रिकेटर ज्ञानेन्द्र मल्लले खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । आज एक पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्न्यास घोषणा गरेका हुन् ।

ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए । आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको उनको भनाइ छ ।

‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु,’ उनले भने ।

ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा आफ्नी पत्नीबाट निकै साथ पाएको बताए । आफ्नी छोरीलाई पनि सम्झिएँ । छोरीका नाम लिँदा उनको गला अवरुद्ध भएको थियो ।

‘यत्रो वर्ष क्रिकेट खेलेँ । प्रकृतिको नियम नै हो । चेञ्ज हुनुपर्छ । भित्रैदेखि फिल गरेको कुरा भनेको यही ठिक समय हो’, उनले थपे ।

राष्ट्रिय खेलाडी भएपछि आफूले पूर्णरुपमा योगदान दिन नसक्दा बसिरहनु ठिक नहने सोचेको उनले बताए ।

ज्ञानेन्द्रले भने, ‘धेरै अगाडिदेखि नै आफ्नो दिमागमा आइरहेको थियो । फेरि अझै पुस गर्नुपर्छ भन्ने लाग्यो । अहिले टिम राम्रो छ, ब्यालेन्स छ । यही ठीक समय हो भन्ने लागेर निर्णय लिएको हुँ ।’

 

 

 

Comments

One response to “ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट सन्न्यास, पत्रकार सम्मेलनमा भक्कानिए (भिडिओ)”

  1. Ram Prasad Ghimire Avatar
    Ram Prasad Ghimire

    सुखद बिदाइ र अत्यन्तै राम्रो शब्द चयन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *