टिकटकमा आरजुको इज्जतमा आँच पुग्ने सामग्री राखिएको भन्दै विद्वानको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूठा र अनर्गल पोष्ट गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अध्यक्ष विद्वान गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानूनको बर्खिलाफ हुने गरी कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहहरूलाई ३ दिनभित्र कानूनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति गृहमन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ ।’

तरुण दलको आग्रहलाई बेवास्ता गरी कानूनविपरित कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैं प्रतिकारमा उत्रने गुरुङले चेतावनी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *