शुक्रबारबाट प्रदर्शनमा आयो प्रमोद र रिस्ताको ‘अदृश्य’

काठमाडौं । शुक्रबारबाट प्रल्हाद काफ्लेद्वारा निर्देशित नेपाली सिनेमा ‘अदृश्य’ प्रदर्शनमा आएको छ । सिनेमाले काठमाडौंका मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ, त्यो पनि केही हलमा मात्रै शो पाएको हो ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं बाहिरका विराटनगर, नेपालगञ्ज, नारायणगढ, विर्तामोड र दमौलीमा एक एक शो दिएको छ । त्यस्तै, काठमाडौंका विएसआर, आइएनआई, रञ्जना, वान सिनेमाज लगायतले पनि सिनेमालाई एक एक शो मात्रै दिएका छन् । जसले गर्दा हलवालालाई सिनेमाप्रति राम्रो व्यापार गर्ला भन्ने अपेक्षा नभएको देखाउँछ ।

पिताम्बर फिल्मस्को व्यानरमा निर्माण भएको ‘अदृश्य’मा प्रमोद अग्रहरी, सोहित मानन्धर, रिश्ता बस्नेत, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, विकेश प्रजापती, सिएम भारद्वाज सुवेदी, गीत विष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, अभिमान सिंह बस्नेतलगायतको अभिनय छ । सिनेमाको निर्माता मिना बस्नेत र उमारुद्रा काफ्ले छन् ।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको ‘अदृश्य’को सहनिर्माता रविन अधिकारी र रिकेश खत्री हुन् । आकाश उखेडाको पटकथा तथा संवाद, राकेश रनपालको कथा, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर तथा बनिश शाहको सम्पादन रहेको सिनेमालाई आरआर फिल्म्सले देशभर वितरण गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *