प्रस्तावित ६ राजदूतको नाम अनुमोदन (भिडिओ)

काठमाडौं । सरकारद्वारा विभिन्न देश र कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूत अनुमोदित भएका छन् । संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले प्रस्तावित ६ जना राजदूतको अनुमोदन गरेको हो ।

अनुमोदित राजदूतमा न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदुतमा घनश्याम लम्साल, थाईल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सका राजदूतमा सुधीर भट्टराई छन् ।

यसअघि प्रस्तावित राजदूतउपर उजुरी आव्हान गरिएकोमा गम्भीर प्रकृतिका उजुरी नभएको र परेका उजुरी छलफल गर्न नै लायक नभएकाले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरिएको थियो ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिबाट नियुक्तिको बाटो खुलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *