तलवी प्रतिवेदन पास नगर्ने १६९ पालिकाहरुलाई कारबाहीको सिफारिस (सूचीसहित)

काठमाडौं । स्थायी शिक्षकलाई तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने पालिकाहरुलाई कारबाही गर्न राष्ट्रिय किताबखाना शिक्षकले सिफारिस गरेको छ ।

कितावखानाले तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने १६९ वटा पालिकाहरुलाई कारबाही गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अर्न्तगत शिक्षकहरुको वार्षिक तलवी विवरण पारित गर्ने गराउने भनेर उल्लेख गरिएको छ ।

सोही बमोजिम प्रत्येक पालिकाहरुले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक)बाट पारित गरी तलव भत्ता भुक्तानी गर्नुपर्ने कितावखानाले जनाएको छ ।

शैक्षिक सत्र २०७९ मा तलवी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी गर्ने १६९ पालिकाहरुको नाम समावेश गरी प्रचलित कानून बमोजिम आवश्यक कारवाहीको लागि मन्त्रालय पठाइएको कामु (उप महानिर्देशक)ले रामराज खकुरेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *