ललिता निवास प्रकरणमा पक्राउ परेकी खेतान जग्गा फिर्ता गर्ने शर्तमा छुटिन्

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले जग्गा फिर्ता गर्ने शतमा सिद्धिका खेतानलाई छाडेको छ।

खेतानलाई बुधवार हाजिरी जमानीमा छाडिएको सीआईबी स्रोतले जनाएको छ।

ललिता निवासको ७ आना ३ पैसा जग्गा खेतानको नाममा गएको देखिएको थियो। स्रोतका अनुसार खेतानले जग्गा फिर्ता गरिदिने भन्दै विभिन्न कार्यालयमा निवेदन दिएकी थिइन्।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले खेतानलाई हाजिरी जमानीमा छाड्न अनुमति दिएको थियो। यस्तै समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख रमेशप्रसाद पोखरेल पनि हाजिरी जमानीमा छुटेका छन्।

काठमाडौं जिल्ला अदालतले थुनाका लागि थप म्याद नदिएपछि पोखरेललाई हाजिरी जमानीमा छाडिएको सीआईबीका एक अधिकारीले जानकारी दिए।

सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *