एमालेलाई जनार्दनको जवाफ- सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको बेलामा सरकारले अनुसन्धान गरिरहेको बेलामा अर्को समिति नचाहिने बताए।

केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजस्व अनुसन्धान विभागले आफ्नो अनुसन्धान गरिरहेको बताए।

उनले भने, ‘अनुसन्धान गर्ने निकाय सरकारकै हो। सरकारकै निकायले काम गरिराखेका छन्।सरकारले पक्रेको छ। सरकारले नै पक्रेको कुरामा सरकारले अनुसन्धान गर्न नसक्दा, अनुसन्धान नहुँदा सत्य तथ्य पत्ता नलाग्दा उच्च स्तरीय पनि आवश्यकता पर्दा बनाउनुपर्ला। सरकारले पक्रेको कुरामा अहिले उच्चस्तरीय छानबिन समितिको आवश्यकताभन्दा पनि अनुसन्धान अघि बढाएर आएको तथ्य आइसकेपछि हो वा होइन भन्ने कुराको टीकाटिप्पणी गर्ने ठाउँ भइहाल्छ नि।’

उनले एमालेलाई अहिले सरकारकै निकायले गरिरहेको छानबिनमा सहयोग गर्न आग्रह गरे।

‘अहिले छानबिन गर्न दिनुस्। चित्त नबुझ्दा तपाईँहरूले भनेको कुरा पनि उठ्ला उनले’ भने। उनले २२ गतेसम्ममा सदन खुलाउने विषयमा सहमति हुने विश्वास व्यक्त गरे।

Comments

2 responses to “एमालेलाई जनार्दनको जवाफ- सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    भोलि आफ्नै नाम आउने सम्भावना उच्च छ । त्यसैले छानबिन समिति बनाउनु हुँदैन । महराका बाउछोरा उम्किए अब वर्षामान र नन्दकिशोर पुन उम्किन्छन् । अनि पालो तिम्रो हो ।

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    cctv काट्ने मुसो पनि बोल्न थाले छ अपराध को बादसाह।

Leave a Reply

Your email address will not be published. Required fields are marked *