माओवादी बैठकमा छलफलका लागि पठाइयो डा. बाबुरामका तीन दस्ताबेज (पूर्णपाठ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बुधवार शुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी केन्द्रीय सदस्यहरुबीच पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको दस्ताबेज वितरण भएको छ ।

प्रज्ञा भवन कमलादीमा शुरु भएको बैठकमा सहभागी सदस्यहरूलाई नेपाल समाजवादी पार्टीको सचिवालयबाट डा।बाबुरामको दस्ताबेज इमेलमार्फत छलफलका लागि पठाइएको हो ।

माओवादी बैठकमा छलफलका लागि भनेर पठाइएको डा. बाबुरामको दस्ताबेज इमेलमा प्राप्त भएको केन्द्रीय सदस्यहरूले बताए ।

अबको वैकल्पिक राजनीति कस्तो हुने ? अबको समाजवादको मोडेल कस्तो हुने ? यस विषयमा खुलेर छलफल गर्न बाबुरामले माओवादी नेताहरूलाई आग्रह गरेका छन् ।

माओवादी आन्दोलन कहाँ चुक्यो भन्ने विषयमा पनि बाबुरामले दस्ताबेजमा उल्लेख गरेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डको तर्फबाट पनि राजनीतिक र सांगठनिक दस्ताबेज प्रस्तुत हुँदैछन् ।

Comments

One response to “माओवादी बैठकमा छलफलका लागि पठाइयो डा. बाबुरामका तीन दस्ताबेज (पूर्णपाठ)”

  1. yam bahadur lamichhane Avatar
    yam bahadur lamichhane

    विद्धान को कुरा मनन गर्न जरुरि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *