काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लम्पी स्किन रोगबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।
लम्पी स्किन रोगले आक्रान्त नेपालका कृषकहरुका पक्षमा संसदमा रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।
उक्त प्रस्तावमा लम्पी स्किन रोग नियन्त्रण गर्ने दीर्घकालीन योजना तथा सोबाट प्रताडित कृषक, पशुपालक तथा व्यवसायीलाई राहत तथा क्षतिपूर्तिको यथाशीघ्र व्यवस्थालगायतको ९ बुँदे माग राखिएको छ ।
पार्टी सभापति रवि लामिछाने प्रस्तावक रहेको सार्वजनिक महत्वको प्रस्तावमा ७ जना सांसदले समर्थन जनाएका छन् ।




Leave a Reply