अनु शाह र राजाराम पौडेल अभिनित नयाँ म्युजिक भिडियो ‘सल्के साइँला’ सार्वजनिक

काठमाडौं । गायिका एलिना चौहानको स्वरमा ‘सल्के साइँला’ सार्वजनिक भएको छ। सार्वजनिक म्युजिक भिडियोमा हाँस्य कलाकार राजाराम पौडेल फिर्चड छन।

भिडियोमा पौडेललाई नायिका अनु शाहले साथ दिएकी छन्। रामहरि खड्काको शब्द रहेको गीतमा धिर बिक्रम सिंहले संगीत भरेका छन्।

भिडिओलाई निर्देशक सियोन श्रेष्ठले निर्देशन गरेका छन्। निर्देशन सँगसँगै भिडिओमा कोरियोग्राफी पनि उनैले गरेका हुन्। सामान्यतया, नेपाली समाजमा घट्ने पारिवारिक समस्यालाई श्रेष्ठले पर्दामा उतारेका छन्।

भिडिओमा अनु र राजारामले श्रीमान(श्रीमतीको भुमिका निभाएका छन्। श्रीमान परस्त्रीसङ्ग लाग्दा श्रीमतीले भोग्नुपरेको कष्टलाई भिडिओमा देखाइएको छ। राजाराम र अनुको छोरा(छोरीको भुमिकामा भने बालकलाकार आरोही शर्मा र गौरव शर्मा छन्।

सोमबार आरआर स्टुडियो युट्उब च्यानलमार्फत सार्वजनिक भएको भिडिओलाई लक्ष्मण गुरुङले निर्माण गरेका हुन भने भिडिओमा चक्र बहादुर बरालको सिनेमाटोग्राफी रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *