तत्काल न्यायाधीश नियुक्ति गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अदालतमा रिक्त न्यायाधीश तत्काल नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा धेरै पदमा न्यायाधीश रिक्त हुँदा छिटो छरितो न्याय पाउने नागरिको हक हनन भएको भन्दै तत्काल न्यायाधीश नियुक्त गर्न माग गरेको हो ।

‘नागरिकको छिटो छरितो न्याय प्राप्त गर्ने अधिकारको सम्मान गर्दै संवैधानिक व्यवस्था बमोजिम प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई समयमै अगाडि बढाउन एवम् अन्य सबै अदालतहरूमा न्यायाधीशहरूको नियुक्तिमा संवेदनशील हुन आयोग नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’ आयोगका प्रवक्ता एवम सहसचिव डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद पुनः रिक्त हुने लागेको र सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीशको नियुक्ति प्रक्रियाका लागि सरकारबाट समयमै पहल नहुँदा न्याय निरूपणमा बाधा परेको आयोगले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *