निर्वाचन आयोगको १५ हजार जरिवानाविरुद्ध रास्वपाका ४ सांसदले हाले उच्च अदालतमा रिट

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना गराएको विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार जना सांसदले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् ।

सांसद सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुलीले आयोगले साउन नौ गते प्रकाशित गरेको विज्ञप्ती गैरकानुनी रहेको भन्दै जरिवानासम्बन्धी निर्णयविरुद्ध उत्प्रेरणा, प्रतिषेध तथा परमादेश माग गर्दै रिट दायर गरेका हुन् ।

निर्वाचन खर्च विवरण पेश गरेको र सामाजिक सञ्चालबाट पनि सार्वजनिक गरेको भए पनि कसूर कसैलाई ठहर्याउनु अघि सफाइको मौका नदिएको, पत्राचार पनि नगरेर प्रेस विज्ञप्ती जारी गरेर जरिवाना गरेको रिट निवेदन रास्वपाका सांसद सोविता गौतमले नेपाल प्रेससँग बताइन् ।

उनले तोकिए बमोजिम भनेको कानूनअनुसार हुनुपर्ने भए पनि कहिले गर्ने कुनै कानूनी आधार कारवाही गरिएको भन्दै अदालतमा रिट निवेदन दर्ता गराएको बताइन् ।

रिटमा निर्वाचन आयोगले गरेको निर्णय, पत्राचार तथा प्रेस विज्ञप्तिले आयोगले आफूहरूलाई प्रतिरक्षाको आधिकारबाटसमेत बञ्चित गरेको उल्लेख गरिएको छ । आयोगले निर्वाचन निर्वाचन खर्च विवरण सार्वजनिक गरेको भन्दै प्रतिनिधिसभा तथा प्रदेशसभाका करिब दुई हजार चार सय भन्दा बढी उम्मेदवारलाई जरिवाना गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *