प्रहरीमाथि जाइलाग्ने दुई जना पक्राउ

रुपन्देही । रुपन्देहीमा प्रहरीमाथि जाइलागेको आरोपमा दुई जना पक्राउ परेका छन् । सियारी गाउँपालिका- ७ अमुवा बस्ने ३० वर्षीय लालबहादुर थारु र ४० वर्षीय जीतबहादुर थारुलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

सियारी गाउँपालिका- ७ अमुवास्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाइलो मेलामा उनीहरु दुवै जना झगडा गरेको अवस्थामा इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा उल्टै प्रहरी टोलीमाथि दुर्व्यवहार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

त्यसलगत्तै उनीहरुलाई पक्राउ गरिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *