बेन्जिना बनिन् हिजाब लगाएर विश्वकप फुटबल खेल्ने पहिलो महिला खेलाडी

काठमाडौं। मोरक्कोकी नौहैला बेन्जिना हिजाब लगाएर विश्वकप फुटबल खेल्ने पहिलो महिला खेलाडी बनेकी छन्। २५ वर्षीया यी डिफेन्डरले आइतबार दक्षिण कोरियाविरुद्ध उत्रिएर उक्त कीर्तिमान बनाइन्।

यही खेलमा १-० गोलले विजयी भएर मोरक्कोले महिला विश्वकप इतिहासमा पहिलो जित हात पारेको छ। मोरक्कोले पहिलोपटक महिला विश्वकप फुटबल खेलिरहेको छ। फिफाले सन् २०१४ मा हिजाब लगाएर खेल्न पाउने निर्णय गरेको थियो।

त्यसयता मुस्लिम महिलाहरुले विभिन्न प्रतियोगिताहरुमा हिजाब लगाएर खेलेको देखिएपनि सिनियर महिला विश्वकपमा यसअघि भएको थिएन। बेन्जिनाले मोरक्कोमा क्लब फुटबल खेल्दै आएकी छिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *