गठबन्धनप्रति बाबुरामको प्रश्न- मध्यावधि भए होस् तर संविधान नमरोस् भन्न किन नसकेको?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराई सत्ता गठबन्धन दलबाट संविधानको रक्षा नभएको टिप्पणी गरेको छ। कोशी सरकारको सन्दर्भलाई लिएर अध्यक्ष भट्टराईले रक्षक नै भक्षक बनेको टिप्पणी गरे।

उनले ट्वीटरमा लेखेका छन्, ‘१ नम्बर प्रदेशको नामाकरण ठीक भएन। त्यहाँ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बलप्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन्। त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनीतिक नैतिकताको रक्षा गर्न योगदान पुर्‍याएकोमा सम्मानित अदालत धन्यवादको पात्र छ।’

प्रदेश १ को नामकरण पनि सही नभएको उनको भनाई छ।

उनले भनेका छन्, ‘तर गम्भीर कुरा के भने यो संविधानका निर्माताहरू नै आफ्नो छुद्र दलीय र गुटीयर निजी स्वार्थनिम्ति संविधान मिच्छन् र मिच्न लगाउँछन् भने संविधानको रक्षा कसले गर्छरु रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ?’

एक पटक आफ्नो सरकार नबने नबनोस्, मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेकोरु भन्दै गठबन्धन दलहरुलाई प्रश्न गरेका छन्।

‘आफु र आफ्नो दल हारेर पनि लोकतन्त्र, संविधान, देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होलारु’ उनले थपेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान दुःख त्याग र वलिदानले ल्याएको उल्लेख गर्दै अहिलेका सत्ताधारी नेताहरूलाई ध्यानाकर्षण गराएका छन्।

Comments

One response to “गठबन्धनप्रति बाबुरामको प्रश्न- मध्यावधि भए होस् तर संविधान नमरोस् भन्न किन नसकेको?”

  1. ksp pyl Avatar
    ksp pyl

    यो ठगबन्धनलाई पनि संविधानको रक्षक मान्ने ? २०% ले पार्टी फुटाउन दिने रक्षक ? सधामुखलाइ भोट हाल्न लगाउने रक्षक ? अग्नि सापकोटालाई गैरकानूनी काम गर्न लगाउने रक्षक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *