वरिष्ठ सई पौडेलको हत्या आरोपमा होटलका आमाछोराविरुद्ध उजुरी

पोखरा । प्रहरीले बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल हत्या भएको भन्दै पौडेलका बुवा खेम शर्मा पौडेलले होटलका आमाछोराविरूद्ध उजुरी दिएका छन् ।

खेम शर्मा पौडेलले बुधबार जिल्ला प्रहरी कार्यालय बाग्लुङमा होटेल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरविरुद्धविरुद्ध उजुरी दिएका हुन् ।

पौडेलसँग भएको २ तोला सुन लिने उद्देश्यले साथ ज्यान लिने मनशायले छोराको टाउकोमा हात मुक्काले प्रहार गरी ढलाई भुईमा ढलेपछी समेत छातीमा लात्तीले प्रहार गरी छोरालाई बेहोस पारी बेहोस अवस्थामा नै भुईंमा राखेको, घाँटी अठाई निर्ममतापूर्वक छोराको ज्यान मारेको घटनास्थल वस्तुस्थितिले पुष्टी गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय बागलुङले पौडेलको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

वरिष्ठ सइ पौडेल बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मंगलबार मृत फेला परेका थिए ।

प्रहरीले मंगलबारनै होटेल सञ्चालक आशा कुँवर र विनोद कुँवरलाई सोधपुछका लागि नियन्त्रणमा लिइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *