अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ३ करोड ३२ लाख ठगी आरोपसहित मुद्दा दायर

काठमाडौं। अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध तीन करोड ३२ लाख ठगी गरेको आरोपसहित मुद्दा दायर भएको छ। काठमाडौं प्रहरीले सरकारी वकिलमार्फत ६४ जनाको जाहेरीमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ।

सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष अनिल खड्का, उपाध्यक्ष बिजय खड्का, सचिव जिवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, सदस्य प्रकाश खड्का, शुसिल बिक्रम राणा, शुसिल बोहरा, लेखा समिति सदस्य सुवास बुढाथोकी, बबिता खड्का र संयोजक गोबिन्द बुढाथोकीलाई प्रतिवादी बनाइएको छ। उनिहरुले बचतकर्ताको रकम ठगी गरेको आरोप छ। बचतकर्ताले आफुले जम्मा गरेको रकम फिर्ता नपाएपछि प्रहरीकहाँ पुगेका थिए।

काठमाडौं महानगरपालिका वडा नं. २२ धर्मपथमा कार्यालय रही सञ्चालनमा रहेको यस सहकारीले ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ ठगी गरेको अभियोग पत्रमा उल्लेख छ । पिडितहरुले आफ्नो लाखौं रकम ठगी गरेकालाई कानून बमोजिम कारवाही र आफ्नो बचत फिर्ताको माग गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *