ओलीलाई दीपशिखाको प्रश्न- धादिङमा समातेको सुन काठमाडौं पुग्दा पित्तल कसरी भयो, जवाफ छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा इतिहासमै राम्रो काम गरिरहेको दाबी गरेका छन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारको काण्डै काण्ड मच्चाएको आरोप लगाएका छन्।

कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता छ छैन ? उहाँको नभए कसको छ ? भन्दै प्रश्न गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।

‘अहिले अरूले राम्रो काम गर्दा राजीनामा माग्ने एमालेले लोकलाज त माने हुने नि ? पहिला प्रचण्डको अहिले गृहमन्त्रीको राजीनामा मागेछ । आफू सरकारमा हुँदा काण्डै काण्ड मच्चाउने तर अहिले अरूले राम्रो काम गर्दा राजीनामा माग्ने एमालेले लोकलाज त माने हुने नि ?’ उनले भनेका छन्, ‘किन आफू सरकारमा छँदा जस्तै धादिङमा समातेको सुन काठमाडौं पुग्दा पित्तल बनाउनुपर्ने ? गृहमन्त्रीले राजीनामा किन दिनुपर्ने ? हजुरहरूसँग जवाफ छ ?’

दीपक मल्होत्रालाई एयरपोर्टभत्रिको सीसीटिभी, पार्किङ एरिया र अवैध संरचना, बाहिरिने बाटो कसको पालामा सुम्पिएको ? उनले भन्दै प्रश्न गरे।

Comments

3 responses to “ओलीलाई दीपशिखाको प्रश्न- धादिङमा समातेको सुन काठमाडौं पुग्दा पित्तल कसरी भयो, जवाफ छ ?”

  1. रमेश पन्त Avatar
    रमेश पन्त

    दिपक मलहोत्रालाई त्यो बाटो सुम्पिने को हो भन्ने जानाकारी चाहिन्छ भने क. अनन्तलाई सोधे हुन्छ दीप शिखा जि, किनकि त्यस समयमा अनन्त अर्थमन्त्री थिए , अनि setting के भयो र कति भयो भने केहि तथ्य र प्रमाण चाहिन्छ भने म सङ्ग पनि छ सम्पर्क गर्नुहोला ।

    1. ksp pyl Avatar
      ksp pyl

      देशको प्रधानमन्त्री भारतले बनाउँछ भन्ने राष्ट्रघातीको राजिनामा नमागेर पूजा गर्ने तिमी जस्ताले मात्र हो । नेपाली जनताले त त्यस्तालाई देशको गद्दार भन्छन् । १९५५ किलो सामान मगाएर कति किलो सुन भित्र्याए तिम्रा र काँग्रेसका नेताले ? गृह र अर्थका मन्त्रीको मिलेमतो नभई कसरी १०० किलो सुन आयो ? मिलेमतो छैन भने नालायक गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनु नपर्ने ? नैतिकता नभएपछि र तस्करसँग मिलेमतो भएका नेताले बोलेजस्तो गरेर नबोलौं । कान खोलेर सुन । तिम्रा नेताले कुनै काण्ड पनि टुङ्गो लगाउँदैनन । छानबिनलाई सत्ता बचाउने र पैसा कमाउने हतियार बनाउन खोजेका मात्र हुन् । अब तिमीहरू फसिसक्यौ । जनताले छोडनेवाला छैनन ।

  2. Lokendra magar Avatar
    Lokendra magar

    पछिल्ला घटना क्रमहरुले एमालेकाे चरित्र उदाङ्गाे पारेकाे कहिँ कतै लुकाउन सकिएला र !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *