सञ्जय गौतमले भने- बैठक लाइभ गर्दा पार्टीलाई राम्रो गर्दैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले पार्टीको बैठक लाइभ गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै पार्टीको आन्तरिक छलफलको विषयलाई बाहिर लाँदैमा राम्रो नगर्ने उनको भनाइ छ।

उनले भने, ‘हामीले पार्टीलाई कस्तो बनाउन खोजिरहेका छौँ। पार्टीको बैठक नै लाइभ गर्ने जुन पार्टीले निर्णय गर्‍यो। आज हामी प्रत्यक्ष प्रशारण गरेका छौँ। यसप्रति म पूर्ण असहमति छु। यो गर्न हुँदैनथ्यो।’

उनले आफूहरू गठबन्धनबाट दल बने पनि राजनीति हारेको गुनासो गरे। पार्टी विधि र विधानले नचलेको उनको भनाइ छ।

Comments

One response to “सञ्जय गौतमले भने- बैठक लाइभ गर्दा पार्टीलाई राम्रो गर्दैन”

  1. ksp pyl Avatar
    ksp pyl

    देउवाले आफ्नो कुकर्म उजागर गर्लान भनेर बैठक लाईभ गर्न लगाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *