केशव बुढाथोकीलाई उद्धव थापाको चुनौती- हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्नुस्, मलाई पर्दैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उद्धव थापाले केशव बुढाथोकीलाई एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्न चुनौती दिएका छन्। बुढाथोकीले कोशी सरकार गठनमाथि प्रश्न उठाएपछि उनले यस्तो चुनौती दिएका हुन्।

उनले सभामुखले प्रदेशसभा सदस्यको हैसियतले सरकार गठनमा सहयोग गरेको जिकिर गरे।

उनले बुढाथोकीलाई चुनौती दिँदै भने, ‘पार्टी नेता आफ्नो पार्टीको सरकारको बचाउनमा लाग्नुपर्नेमा सभामुख मान्ने कि नमान्ने मुख्यमन्त्री मान्ने कि नमान्ने भन्ने जो उहाँले प्रश्न गर्नुभएको छ। तपाईँले हिम्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ। कांग्रेसको गठबन्धन दलले मुख्यमन्त्री मानेको उद्धव थापालाई तपाईँले मुख्यमन्त्री नमाने हुन्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *