काठमाडाैं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको (२०७९/८०) को जेठ मसान्तसम्म ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
एक महिनाको अवधिमा बैंकहरुको नाफा करिब १० अर्बले बढेको हो । वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडी रहेको छ । यसले ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ ।
एनएमबी बैंक, प्राइम कर्मसियल बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नेपाल बैंक र एभरेष्ट बैंकको नाफा ३ अर्ब माथि छ । यता कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआइ बैंकले २ अर्ब बढी नाफा गरेका छन् ।
लक्ष्मी सनराइज बैंक, माछापुछ्रे बैंक, सिटिजन्स बैंक, सनराइज बैंक र कृषि विकास बैंकको नाफा १ अर्बमाथि छ ।


Leave a Reply