अर्थोपेडिक सर्जन डा. कपिलमणिले बेलायतमा पाए एफआरसीएस उपाधि

रुपन्देही । अर्थोपेडिक सर्जन डा. कपिलमणि केसीले बेलायतबाट दिइने फेलो अफ रोयल कलेज अफ सर्जन अफ इङल्याण्ड (एफआरसीएस) ग्राजुएजन उपाधि प्राप्त गरेका छन् । नेपालबाट यो उपाधि पाउने डा. केसी तेस्रो अर्थोपेडिक सर्जन हुन् ।

बुटवलको मर्सिसिटी अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. केसीले मेडिकल क्षेत्रमा ठूलो सफलता पाएका छन् । यो उपाधि लिने अर्थोपेडिक सर्जन ज्वालाराज पाण्डे पहिलो हुन् । पाण्डेपछि यो उपाधि डा. शैलज रञ्जितकारले पाएका थिए ।

त्यस्तै न्युरोसर्जन स्व. उपेन्द्र देवकोटा, नाक, कान, घाँटी विशेषज्ञ राकेश श्रीवास्तवलगायतले मात्र यो उपाधि लिएका छन् । यो उपाधि लिएसँगै डा. केसीले जुनसुकै बेला बेलायतमा रहेर स्वास्थ्य सेवा दिन पाउनेछन् ।

डा. केसीले सन् २०१७ देखि जइन्ट सर्जिकल अलेज फेलोशिप इक्जामिनेसनका लागि तयारी गरेको बताउँछन् । उनले अस्पतालबाहेकको समयलाई सदुपयोग गर्दै बिहान ३ देखि ९ बजेको समय यही एफआरसीएस ट्रमा एन्ड अर्थोपेडिक सर्जरी अध्ययनमा लगाएको बताए ।

उनले केही दिनअघि बेलायत पुगेर उक्त उपाधि लिएका थिए । उपाधि पाएपछि डा. केसीले काम गर्न थप ऊर्जा र हौसला मिलेको बताए । डा. केसीले लामो समय काठमाडौंको सिभिल सर्भिस हस्पिटलमा काम गरेका थिए । हाल उनी बुटवलस्थित मर्सिसिटी हस्पिटलमा कार्यरत छन् । रुपन्देहीको देवदह मेडिकल कलेजमा आवद्ध डा. केसीले प्यूठानको विजुवार पुगेर सेवा दिने गरेका छन् ।

Comments

One response to “अर्थोपेडिक सर्जन डा. कपिलमणिले बेलायतमा पाए एफआरसीएस उपाधि”

  1. Bipin Avatar
    Bipin

    FRCS many Nepali doctors got many also got honorary too…where are you Mr Patrakaar ….research and publish these type of news

Leave a Reply

Your email address will not be published. Required fields are marked *