नहरमा डुबेर कैलालीमा एक किशोरको मृत्यु

कैलाली । कैलालीमा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको लम्की-चुहा नगरपालिका-६ रानी जमरा कुलरिया सिचाइँ आयोजनाको पश्चिम नहरमा डुबेर १७ वर्षीय योगेश चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

रानी-जमरा-कुलरियामा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेका अर्का युवकको ज्यान बचाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

मृतक चलाउनेले नहरमा डुब्दै गरेका अर्का युवकलाई बचाएको र आफू भुमरीमा परेर मृत्यु भएको चन्दले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *