काठमाडौं । सर्वोच्च अदालतले फोहोरमैलाको गाडी प्रवेश गरेबापत एक हजार ५०० रुपैयाँसम्म शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
फोहोरमैला व्यवस्थापन संघसमेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उक्त आदेश गरेको हो ।
यसअघि ककनी गाउँपालिकाले फोहोरमैला बोकेको गाडी प्रवेश गरेबापत सानो टिपरलाई एक हजार र ठूलो टिपरलाई एक हजार ५०० रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो ।

Leave a Reply