प्रभु क्यापिटलले ल्यायो लोयल्टी प्वाइन्ट्स साथै रिफरल स्कीम

काठमाडौं । मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि लोयल्टी प्वाइन्ट्सका साथै रिफरल स्कीम लन्च गरेको छ ।

ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी प्वाइन्टस्  अफर ल्याएको छ । लोयल्टी प्वाइन्टस् र रिफरलको अफर क्यापिटलले श्रावण ०१ गतेदेखि सार्वजनिक गरेको हो ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरी साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी प्वाइन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिङ्क कपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले प्वाइन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नवीकरण गर्नका साथै प्रभु क्यापिटलसँग आवद्ध विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *