६ करोड ७४ लाख फिर्ता गर्न नसकेपछि धरानमा सुनचाँदी व्यवसायीद्वारा आत्मदाहको प्रयास

विराटनगर । धरानको भानु चोकमा धरानका सुन चाँदी व्यापारी यौवन खड्गीले आत्मदाहको प्रयास गरेका छन् । सोमबार धरान ३ घर भएका सुन चाँदी व्यवसायी खड्गीले व्यवसाय डुबेपछि आत्मदाहको प्रयास गरेका हुन् ।

उनी लामो समयदेखि धरानमा सुन चाँदीको व्यवसाय गर्दै आएका थिए । सर्वसाधारणसँग व्याज दिने भन्दै उनले रकम सङ्कलन गर्दै आएको र बचत गरेको रकम फिर्ता गर्न नसकेपछि आत्मदाहको प्रयास गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएका छ ।

खड्गीले ७२ जनालाई ६ करोड ७४ लाख रुपैयाँ बचत फिर्ता गर्नु पर्ने देखिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

मल्लले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि आत्मदहको प्रयास गरेको बताए । बचतकर्ताहरूले बचत फिर्ता गर्न पटक पटक दबाब दिएपछि उनले घर जग्गा बेचेर रकम फिर्ता गर्ने प्रयास गरेका थिए तर घरपरिवारले नमानेपछि उनले भानु चोकमा आएर आत्म दहको प्रयास गरेको मल्लले जानकारी दिए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *