कांग्रेसमा प्रस्ताव- समानुपातिक निर्वाचन प्रणाली खारेज, प्रदेश संरचनाबारे पुनर्विचार

काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक निर्वाचन प्रणालीलाई खारेज गर्नुपर्ने प्रस्ताव पेश भएको छ।

कांग्रेस रूपान्तरण अभियानले पार्टी कार्यालयमा मुख्यसचिव मार्फत बुझाएको प्रतिवेदनमा निर्वाचन प्रणाली फेर्नुपर्ने उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘सम्पूर्ण निर्वाचन क्षेत्रको एक–तिहाइ क्षेत्रमा महिला मात्र उम्मेदवार हुन पाउने गरी संविधान परिमार्जन गर्नुपर्छ।

निर्वाचन खर्चको सम्पूर्ण जिम्मा निर्वाचन आयोग मार्फत सरकारको रहने गरी ‘उम्मेदवार शून्य निर्वाचन खर्च प्रणाली’ अवलम्बन गर्नुपर्छ। खर्चिलो निर्वाचन पद्धति नै राजनीति भित्रको सारा आर्थिक अनियमितता एवं भ्रष्टाचारको मूल कारण भएकाले ‘मनी होइन, मोरालिटी’ लाई प्रोत्साहित गर्नुपर्छ।’

स्थानीय, प्रदेश र संघीय संसद्को विद्यमान संरचनालाई परिवर्तन गर्न माग गरेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘प्रदेशको प्रभावकारिता बढाउने वा विकल्प बारे सोच्ने भन्नेमा छलफल केन्द्रित गर्नुपर्छ। राष्ट्रिय सभालाई समानुपातिक समावेशी बनाउनु पर्छ। उपराष्ट्रपति नै राष्ट्रियसभाको अध्यक्ष हुनुपर्ने व्यवस्था गर्नुपर्छ।’

सबै तहका व्यवस्थापित र कार्यकारिणी तहमा एक तिहाइ महिला सहभागिता सुनिश्चित हुने गरी पुनर्संरचना गर्नुपर्ने उल्लेख छ।

यस्तै, चुनावअघि गरिने गठबन्धन अब नगर्ने भनेर घोषणा गर्नुपर्ने समेत माग गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले देशव्यापी कांग्रेस रूपान्तरण अभियान चलाएको थिए ।

Comments

One response to “कांग्रेसमा प्रस्ताव- समानुपातिक निर्वाचन प्रणाली खारेज, प्रदेश संरचनाबारे पुनर्विचार”

  1. Achutam Khatiwada, panchkhal,kavre Avatar

    २ कार्यकाल भन्दा बढी एउटै व्यक्ति सभापति र प्रधानमन्त्री बन्न नपाउने कुराको पनि सुनिश्चितता गरिनु पर्छ , पाटिको केन्द्रीय सभापति राष्ट्रियसभाको सदस्यमा स्वतह जान पाउने ब्यवस्था मिलाउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *