काठमाडौं । नेपाली कांग्रेसमा ४६ जिल्लाबाट २ हजार १ सय उजुरी परेको छ।
स्थानीय तह, प्रदेश र संघको निर्वाचनसहित पार्टी अनुशासन समितिमा उजुरी दर्ता भएको नेता आनन्द ढुंगानाले बताए।
एक वर्षपछि कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठकका लागि हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले १० वटा एजेण्डा तय गरेको छ। त्यसबाहेक बैठकमा पार्टीमा परेको उजुरीबारे पनि छलफल हुने बताइन्छ।

Leave a Reply