कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न देउवाद्वारा अस्वीकार

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न पार्टी सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।

केन्द्रीय समितिको बैठकअघि सभापतिले प्रतिवेदन बुझ्न नमानेपछि केन्द्रीय कार्यालयमा बुझाउने भएका हुन्।

सभापतिलाई रूपान्तरण अभियानको प्रतिवेदन बुझाउनका लागि आफूहरूले समय माग्दा नदिएको नेता गुरुराज घिमिरेले बताए।

उनले भने, ‘हामीले उहाँलाई प्रतिवेदन बुझाउनको लागि आज समय माग गरेका थियौँ। तर, उहाँले दिनुभएन। उहाँले समय नदिएपछि हामी अहिले पार्टी कार्यालयमा मुख्यसचिवमार्फत दर्ता गराउँदै छौँ।’

उनले यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै देशव्यापी रूपान्तरण अभियान चलाएका थिए। आज एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा छलफल गराउने उद्देश्यले आफूहरूले प्रतिवेदन बुझाउन लागेको बताए।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएको थिए।

उनीहरूले यथास्थितिमा चलिरहे पार्टीले आगामी कुनै पनि चुनौतीको सामना गर्न नसक्ने निष्कर्ष निकालेका छन्।

Comments

2 responses to “कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न देउवाद्वारा अस्वीकार”

  1. netra Avatar
    netra

    यथास्थिति बादी टाउकामा राखेर रुपान्तरण को बिगुल फुक्नु को खास अर्थ रहदैन।

  2. Bipin Avatar
    Bipin

    Deuwa le congress lai dubaune vayo ….next election ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *