मानबहादुर श्रेष्ठले फेरि पाए राष्ट्रिय भलिबल टोलीको कप्तानी

काठमाडौं। राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानी मानबहादुर श्रेष्ठलाई दिइएको छ।

साउन १ गतेबाट लागु हुने गरी श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिइएको नेपाल भलिबल संघले जनाएको छ।

यसअघि हरिहजुर थापालाई कप्तानबाट हटाइएको थियो।

उनीमाथि अनुशासन कारबाही गरिएको हो। श्रेष्ठ यसअघि पनि नेपाली टोलीको कप्तान थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *