जनकपुरमा नक्कली पेस्तोलले त्रास फैलाउने दुईजना पक्राउ

जनकपुरधाम । नक्कली पेस्तोल देखाएर सर्वसधारणलाई डर त्रास फैलाउँदै हिँडिरहेका दुई जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ ।

मोटरसाइकल चढेर आएका व्यक्तिहरु पेस्तोल देखाएर सर्वसधारणलाई डर त्रास देखाइरहेको सूचना पाएपछि पुगेको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । ति दुई जनाबाट बरामद भएको पेस्तोल नक्कली रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनाको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । उनी दुबै जना १६ वर्षको रहेको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *