काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले भारत एसँग भिडिरहेको नेपाल कप्तान रोहित पौडेल आउट भएपछि थप दबाबमा परेको छ ।
नेपालले ३४ ओभरमा ७ विकेट गुमाएर १५५ रन जोडेको छ। कप्तान रोहितले ६५ रन बनाए । उनले छेटौँ विकेटका लागि सोमपाल कामीसँग ५३ र सातौँ विकेटका लागि गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए ।

Leave a Reply