‘प्लस टु’ भर्नामा लुट मच्चाइएको अनेरास्ववियुको आरोप, निजी शैक्षिक संस्थामा अनुगमन संयन्त्र परिचालन

काठमाडौं । अनेरास्ववियुले काठमाडौं महानगर लगायत देशभरिका नीजि विद्यालयहरूले कक्षा ११ मा भर्ना हुने विद्यार्थीबाट मनपरी शुल्क असुल गरिरहेको आरोप लगाएको छ ।

शिक्षामा सर्वसुलभ पहुँच कायम गर्ने सन्दर्भमा अहिलेको सरकार गैर जिम्मेवार दिएको उल्लेख गर्दै अनेरास्ववियुले स्थानीय सरकारको कार्यक्षेत्र भित्र पर्ने माध्यमिक विद्यालयको शुल्क निर्धारण र छात्रवृत्ति वितरणमा पहलकदमी नलिँदा ‘शैक्षिक लुट’ भइरहेको आरोप अनेरास्ववियुको छ ।

अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै अत्यन्त कम तलबमा शिक्षकहरूलाई काममा लगाउने, कमसल खालका शैक्षिक सामाग्रीको प्रयोग गरेर गुणस्तरमा सम्झौता गर्ने तर विद्यार्थीलाई आकर्षित गर्न भड्किला प्रचार गर्ने तर महँगो शुल्क लिने गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयहरूले भौतिक पूर्वादारहरू देखावटी रूपमा तयार गर्ने तर एउटै कक्षामा धेरै विद्यार्थीहरू राखेर पठन–पाठन गराउने, अत्यन्त महँगो शुल्क लिने, भर्ना शुल्क, मासिक शुल्क, प्रयोगशाला शुल्क, अतिरिक्त क्रियाकलाप शुल्क लगायत विभिन्न बहानामा लाखौँ पैसा असुल गर्ने, सरकारले तोकेको संख्यामा छात्रवृत्ति नदिने, कागजी रूपमा मात्र छात्रवृत्तिको विवरण बुझाउने, छात्रवृत्ति दिएका भनिएका विद्यार्थीसँग पनि विभिन्न बहानामा शुल्क उठाउने लगायतका गैरकानुनी र अराजक गतिविधिहरू प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *