काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विश्वविद्यालय सम्बन्धी ऐनको महत्वलाई सरकारले बुझ्न नसकेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकलाई बोल्दै विश्वविद्यालयलाई दलीय भागबण्डाबाट मुक्त गर्नुपर्ने बताए । उनले अहिले आफूहरुलाई दलीय भागबण्डाको कारणले विश्वविद्यालयलाई थला पारेको आरोप लगाएको बताए ।
उनले भने, ‘विश्वविद्यालयको ऐन ल्याउँदैगर्दा विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गराउँनको लागि विश्वविद्यालयका कर्मचारी र प्राध्यापकहरुलाई दलीय सदस्यता लिन नपाउने जुन व्यवस्था छ । विश्वविद्यालयको विधेयक ल्याउँदै गर्दा कार्यपालिकामा कहीँ कतैबाट पनि हस्तक्षेप गर्न नसक्नेगरी बदल्नुपर्छ ।’

Leave a Reply