एकाएक किन उखेलियाे बानेश्वरमा हुर्किएका बिरुवा ?

काठमाडौं । माइतीघर-बानेश्वर सडकबीचको मेडियनमा एक दशकअघि रोपेर हुर्काइएका बोटबिरुवा जापानी दातृनिकाय जाइकाले  हटाएको छ । हरियालीसँगै सडकलाई सुन्दर बनाउँदै गरिएका ती रुखहरू हिजो एकाएक हटाइएको हो ।

सहरी हरियालीका लागि काठमाडौं महानगरपालिकाले १ लाख वटा विरुवा रोप्ने अभियान थालेको थियो । सोही अभियानअन्तर्गत ३२ वटै वडामा सडक किनारमा बिरूवा रोपिरहँदा बानेश्वर क्षेत्रका रुख हटाइएको छ । सहरी हरियाली बढाउन बर-पीपल, फूल तथा फल लाग्ने, बास्ना आउने बिरुवा रोपेर वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको मेयर बालेन शाहले बताउँदै आएका छन् ।

तर, सडक थप  सरंचना विस्तार गर्न भन्दै जापानी दातृनिकाय जाइकाले नयाँबानेश्वरबाट तीनकुने जाँदा दाहिनेपट्टि सडक बीच भागका हुर्किएकाे रुखहरू भने हटाएको हो । एक दशकअघि यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दुबो रोपिएको थियो । ती बिरुवा हुर्काउन पनि महानगरले सहयोग गरेको थियो ।

ट्राफिकलाई समस्या हुने गरी राेपिएकाले  ती बिरुवा हटाएकाे हुन सक्ने  महानगरका एक कर्मचारीले थियाे ।तर  ट्राफिकलाई समस्या  भएर बाेटबिरुवा हटाएकाे नभई सडक संरचना बनाउन हटाएकाे खुलेकाे छ ।  काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धर रुख उखेलिएकोबारे आफूलाई जानकारी नभएको बताउँछन् ।

जाइकाले सडकमा थप संरचना बनाउनकाे  लागि एकाएक  सडकमा भएकाे बाेटबिरुवाहरु हटाएकाे नगरप्रहरी प्रमुख राजु पाण्डेले नेपालप्रेसलाई बताए ।  उनले भने,’हिजाे दिउँसाे  बाेटबिरुवा हटाएकाे हाे ।  के कसाे रहेछ हामी बुझ्दै छाैं । सरंचना बनाइसकेपछि फेरि बिरुवा राेप्ने भनिएकाे छ ।’

( स‌ं- यसअघि काठमाडाैं महानगरपालिकाले बाेटबिरुवा हटाएकाे भनि समाचार प्रकाशन हुन गएकाले क्षमायाचनासहित सच्याइएकाे छ ।)

तस्बिरहरु : नविनमुनि स्थापित ।

Comments

One response to “एकाएक किन उखेलियाे बानेश्वरमा हुर्किएका बिरुवा ?”

  1. LAL SINGH THAPA MAGAR Avatar
    LAL SINGH THAPA MAGAR

    त्यो उखेलेको बिरुवा हरु अन्तै लगाउनु पर्ने ठाउमा लगाये हुन्थ्यो नि बा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *