कानूनमन्त्रीको दाबी- भ्रष्टाचारका फाइल खोल्दा सरकार ढाल्ने हल्ला चलाए (भिडिओ)

काठमाडौं । कानुन मन्त्री धनराज गुरुङले मिटरब्याजीहरुलाई कानुनको कठघरामा ल्याउने कुरामा षडयन्त्र भइरहेको बताएका छन्।

तमू संघको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै सरकारले एकपछि अर्को भ्रष्टाचारका काण्डहरू सरकारले ल्याइरहेको बताए।

उनले भने, ‘म सुन्छु सरकार ढल्छ ढल्छ भनेर। भ्रष्टाचारका विरुद्धमा आवाज उठाउने र फाइल खोल्ने क्रममा मिटरब्याजी पीडकहरूलाई पनि कानुनको कठघरामा उभ्याउनका लागि अध्यादेश लिएर आउँदा त्यसलाई आउन नदिने षडयन्त्र पनि एकातिर भइरहेको छ।

सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार ढल्ने हल्ला फैलाउन थालेको जिकिर गरे।

सरकारको मिसन सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि र जनतालाई डेलिभरी दिनका लागि भ्रष्टाचारका फाइल खोल्दै जाने जो जो पर्छन् पर्दै जान्छन् सबैलाई कारबाही गर्ने उनको भनाइ छ।

उनले थपे, ‘सभापतिज्यूले मलाई भर्खरै भन्नुभएको छ। मिटरब्याजी पीडितलाई जसरी पनि कारबाही गर्नुपर्छ। मिटरब्याजी विधेयक जसरी पनि पारित गर्ने हो। तिमी लिएर अगाडि बढ भन्नुभएको छ। विकृति र विसंगतीका विरुद्धमा सिंगो कांग्रेस एक ठाउँमा छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *