कुकुरको टोकाइबाट डोटीमा पाँच जना घाइते

डोटी । डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् ।

कुकुरको टोकाइबाट २८ वर्षीया मिना महारा, ३९ वर्षीया सीता भुल, १० वर्षीय आदेश विक र अन्य २ जना घाइते भएका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार गरिएको वडाध्यक्ष दीपक बोगटीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *